एक सय रुपयाँको गाँजाले लियो युवाको ज्यानः गाँजाकाे विवादमा हत्या गर्ने पक्राउ

घटनामा संलग्नमा पक्राउ गर्न प्रहरीकाे सक्रियता


२९ असोज २०७७
झापमा– मंगलबार साँझ तिर झापाको कन्काई नगरपालिका वडा नं. ३ एकान्तटोल बस्ने अभिषेक चौधरीले दौंतरी टल्के नामले चिनिने २२ बर्षीय रविन राजबंशीलाई एक सय रुपयाँको गाँजा किन्न पठाए । गाँजा किनेर ल्याए पछि सँगै बसेर खाने सुरसारमा उसलाई गाँजा खान नदिने भने पछि सामान्य विवाद भयो । विवादको क्रममा मृतक २२ बर्षीय चौधरीले राजबंशीको गालामा थप्पड समेत हानेका थिए । थप्पड हाने पछि सँगैका दौंतरीले साथीको अपमान गरेको भन्दै घरमा राखेको बन्चरो ल्याएर बाटो ढुकेर पछाडीबाट प्रहार गरी आफ्नै साथीलाई हत्या गरी कन्काई नगरपालिका वडा नं. ३ मा रहेको सुरुङ्गा खोलाको किनारा बाँसघारीमा फालेर आफू भने फरार भएको धारिलो हतियार बन्चरो प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका राजबंशीले बयान दिएको प्रहरीले आज विहीबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पछिल्लो समय युवाहरु कुलतमा फँस्दै जान थाले पछि नशाका कारण म गर्दैछु भन्ने सोच्न नसक्ने अवस्थामा पुगेको मनोसामाजिक अभियन्ताहरुले बताउँदै आएका छन् । तथापि प्रहरीले घटनामा दोषीलाई पक्राउ गर्न सक्रियता देखाएको छ । यस अघि झापामा शिवसताक्षीमा भएको युवाको हत्या समेत प्रहरीले ३ दिनमा अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना संक्रमित, १९ जनाकाे ज्यान गयाे
Next post पर्सामा साढे २२ केजी अवैध सुन बरामद