काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना र माेटर साइकल दुर्घटनामा ५ जनाकाे मृत्युः ढेड दर्जन बढी घाइते (व्यक्तिगत विवरण सहित)

४ पुस २०८०, सारासन्देश समाचार– झापाको काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस बारामा दुर्घटना भएको छ । आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ  । बाराको अम्लेखगंजस्थित ३ नं.पुलको मोडमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएकाे छ । काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे ।

मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटार बस्ने बर्ष २८ का पुर्ण गुरूङ र बस चालक मकवानपुर हेटौँडा ३ बस्ने बर्ष ४० का हरि शम्सेर सुयाल थापा रहेका छन । एक जनाको सनाखत हुन सकेको छैन । घाइतेहरुमध्ये ३ जनाको अबस्था गम्भीर रहेको र अरुको सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको हेटौँडा, चितवन र बाराक विभिन्न अस्पतालहरुमा उपचार भइरेहको छ । घाइतेहरुमा तनहुँ बन्दिपुरका १७ बर्षीय तेज कुमार गुरूङ, सुनसरी भातिका-२ बस्ने बर्ष ३० का खिलराज दुलाल, सुनसरी ईटहरी ४ बस्ने बर्ष ४० का सुरेन्द्र गौतम, निजको श्रीमती ३५ बर्षीया सम्झना गजुरेल,  छोरी बर्ष १२ की सोराय गौतम र उनीहरुकै नावालक छोरा ३ बर्षका सोडनेम गौतम रहेका छन ।

त्यसैगरी बसको सह-चालक झापा दमक बस्ने बर्ष ४० को नगेन्द्र उप्रती, भारत आन्ध्र प्रदेश बस्ने बर्ष ५२ को सिडिमाया, र सोही ठाउँकी  ५२ बर्षीया नामा एम झसे साथै भारतको सोही ठाउँकी  ४२ बर्षीया श्रीग धौगा रहेका छन् । यसैगरी, भारत आन्ध्र प्रदेशकै बर्ष  ४७ का  पासाङ काण्डु , ईलाम माईजुमा ५ बस्ने बर्ष ३० को बिनोद तामाङ पनि घाइते भएका छन् ।

त्यसैगरी अन्य घाइतेमा इलामकाे चुलाचली गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३६ को बिर बाहादुर तामाङ, सङ्खुवासभा-९ बस्ने बर्ष ३० को चन्द्र बहादुर तामाङ र बर्ष २४ को विर्ख बहादुर तामाङ , ईलाम चुलाडुली ३ बस्ने बर्ष ३६ को मनोज कुमार लिम्बु, बर्ष २० को प्रवेश पटेल छन् । यसैगरी झापा जिल्ला कमल गाउँपालिकाका पुनम गुरुङ, भारतीय नागरिक छोमी लेप्चा र उनका श्रीमान नामग्याल लेप्चा तथा छोरी माया लेम्चा पनि घाइते भएका छन् ।

सामान्य घाइते हुनेहरुमा झापाका हरिनारायण विश्वकर्मा, सुनसरीका अनिल कुमार थापा, झापा कै धनबहादुर लिम्बू तथा नयन खनाल छन भने भारतीय नागरिक छिरिङ पालदेन तथा उर्लाबारीका अमि श्रेष्ठ पनि सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएकाे छ ।

यसैगरी बाराको निजगढ नगरपालिकास्थित भमरामा आज बुधबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।

रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने दुवै जना मोटरसाइकल चालक भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बाग्मती ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी-२ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्थानीय सरकारको अनुदान पाए पछि झापामा तोरी खेतीमा किसानको आकार्षण बढ्दो (फाेटाे फिचर)
Next post लघु उद्योगका उत्पादित बस्तुहरुको खाद्य गुणस्तर आफै मापन गर्न सक्षम बन्दै महिला (फाेटाे फिचर)