शहिदले देखेकाे नेपाल अझै प्राप्त भएकाे छैनः विप्लव

२१ फाल्गुन २०७७, काठमाण्डाैं– नेकपाका महासचीव नेत्र विक्रम चन्द विप्लवले अझै पनि देशमा शहिदले खोजेको जस्तो नेपाल बन्न नसकेको बताउनु भयो । उहाँले अझै पनि तमाम् नेपालीको सपना पूरा गर्न आफू पछि नहट्ने बताउनु भयो । सरकार र नेकपाबीच सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै चन्दले सरकारसँग सहमति गर्नुको उद्देश्यभित्र लुकेका सपना पूरा गर्ने पनि बताउनु भयाे। ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै हैन । केही नेताहरुको कुरा हैन । यो सहमतिको पछाडि सपना लुकेको छ । देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना यो भित्र छ । यो भित्र दीर्घ शान्ति, स्थिरता, नेपाली जनताको अहिलेसम्म पूरा नभएको आकांक्षा, युवाहरुभित्र हुर्किएको समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा सकारात्मक सहयोग पायौं । हामी खुसी छौं,’ चन्दले बताउनु भयाे । झापा आन्दोलनको सन्दर्भकै दिन आफ्नो पार्टीले सरकारसँग तीन बुदे सहमति गर्नु सुखद् संयोग भएको उहाँले बताउनु भएकाे छ ।

नेपाल एउटा शान्तिको युगमा प्रवेश गर्याेः प्रम ओली

यस्तै साेही समाराेहमा बाेल्दै सरकार ढाल्न उद्यमको प्रयास भईरहेको प्रधानमन्त्रीले केपी शर्मा ओलीले बताउनु भएकाे छ । तथापि आफूहरुले त्यस्तो अवस्था आउन नदिने बताउनु भयो । आज सरकार र नेकपाबीचको सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै प्रम ओलीले नेपाल एउटा शान्तिको युगमा प्रवेश गरेको बताउनु भयो । जसका लागि नेकपाका महासचिव विप्लवलाई धन्यवाद दिँदै स्वागत गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा
Next post नेपालमा आज ६२ निकाे ४७ संक्रमित