लागु औषध भयावह बन्दैः जिल्ला अदालत झापामा आउने आधा भन्दा बढी लागु औषध सम्बन्धी मुद्धा

९ माघ २०८०/डिकेश लामा

झापामा पछिल्लो समय लागु औषध कारोवार बृद्धि हुँदै गएको छ । चालु आर्थिक बर्षको ६ महिनामा मात्रै ६ सय हाराहारी मुद्धामा आधा भन्दै धेरै लागु औषध सम्बन्धीका मुद्धाहरु रहेका छन् । झापा जिल्लामा खुल्ला सिमानाको फाइदा उठाउँदै लुकिछिपी लागु औषध ओसार पसार बढ्दै गएको छ । जिल्लामा आउने अधिक मुद्धा लागु औषधसम्बन्धी रहेको झापा जिल्ला अदालतका प्रमुख न्यायधिश अशोककुमार बस्नेतले बताउनु भयो । न्यायधिस बस्नेतका अनुसार चालु आर्थिक बर्षमा आउने मुद्धामा सवै भन्दा धेरै लागु औषध सम्बन्धीको मुद्धा रहेको बताउनु भयो । तराईका जिल्लाहरुमा इन्जेक्सन र ट्याबलेट र पहाडी जिल्ला ब्राउन सुगरको प्रयोग अधिक रहेको छ । यो झापाको मात्र नभएर नेपालमै भयावह रुपमा फैलँदै गएको उहाँले बताउनु भयो । बस्नेतका अनुसार गृह मन्त्रालय अन्तर्गतको यस सम्बन्धी रेखदेख गर्ने निकायले दुई देशीय बार्ताबाट सँयुक्तरुपमा न्यूनिकरण गर्ने कार्य नगरेसम्म लागु औषधका प्रयोगकर्ताको संख्या अझ बढ्ने उहाँले बताउनु भयो । यसका लागि हरेक पालिकाले जनचेतना र खोज तथा न्यूनिकरण अभियान संचालन नगरेसम्म यसको दिर्घकालिन समाधान नभेटिने उहाँले बताउनु भयो ।

कोशी प्रदेशमा झापा जिल्ला अधिक मात्रमा लागु औषध प्रयोग गर्ने जिल्लाको श्रेणीमा परेको छ । जिल्लामा मेचिनगर पछि दमक नगरपालिकामा अधिक मात्रमा प्रयोग कर्ताहरु बढे पछि न्यूनिकरणका लागि विशेष अभियान नै संचालन थालिएको छ । नेपालको सात प्रदेश मध्ये बागमति पछि कोशी प्रदेश रहेको छ । त्यसमा पनि कोशी प्रदेशको सुनसरी पछि दोस्रो स्थानमा झापा रहेको छ । यसले गर्दा सवैले सचेत नभएसम्म लागु औषध न्यनिकरणमा सहयोग नपुग्ने दमक उपप्रमुख रेगिना भट्टराई प्रसाईंले बताउनु भयो ।
दमक नगरपालिकाले यस बर्ष देखि बृहतरुपमा लागु औषध नियन्त्रणको कार्यक्रम थालेको छ । जसका लागि हरेक वडामा सचेतना जागृति देखि सुधार केन्द्र संचालनसम्मको कार्याक्रम थालनी गरेको नगर पालिकाले जनाएको छ ।

नगरमा हरेक वडा र बाक्लो जनसंख्या बसोवास क्षेत्रमा लागु औषध प्रयोगकर्ता पहिचान गर्ने अभियान चलाइएको छ । बाक्लो जनसंख्या रहेको दमक वडा नं. ३ मा रहेको भुटानी शरणार्थी शिविरमा समेत लागु औषध प्रयोग गर्ने महिलाहरुको संख्या बढ्दो रहेको शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो । सुब्बा अनुसार पछिल्लो समय पुरुषको तुलनामा महिला प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । उहाँले भन्नु भयो, ‘लागु औषध प्रयोग गर्ने अवस्था पुग्नुको कारण पता लगाएर जरैबाट फाल्ने प्रयास नगरेसम्म यसको न्यूनिकरण हुँदैन ।’ कतिपय वेरोजगार भएकै कारण पनि दुव्यर्सनीमा पुगेको उहाँलेको ठम्याइ छ ।

झापा जिल्लामा पछिल्लो समय दैनिक १ देखि २ जना लागु औषध ओसार पसार सम्बन्धी मुद्धामा पक्राउ पर्दै आएका छन् । संघीय सरकारले दुई देशीय रणनीति बनाएर यसको नियन्त्रणमा जोड नदिएसम्म कुलतमा फस्ने युवाहरुको संख्या अझ बढेर जाने लागु औषध न्यूनिकरण अभियन्ताहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुरक्षा खाेज्दै इलाका प्रहरी कार्यलय दमक भित्रै जंगली हात्ती पसे पछि प्रहरी नै त्रसित (भिडियाे सहित)
Next post भारतबाट आयात घटेसँगै स्थानीय माछाको बजारमा मुल्य बृद्धि (फाेटाे फिचर)