पूर्वसभामुख महरा उपचारको लागि नर्भिक अस्पतालमाः गुरूङलाई धराैटीमा छाडियाे

५ चैत्र २०८०, काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो । सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई कपिलवस्तुबाट पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ । यस्तै यता काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दलित महिला लक्षित नेतृत्व विकास तालिम सम्पन्न
Next post झापामा यो बर्ष झण्डै २ हजार हेक्टर क्षेत्रफल बढी चैते धान खेती हुने (फाेटाे फिचर)