महागुरु फाल्गुनन्दको समाधी स्थलमा शालिक नराख्न आग्रह

१० चैत्र २०८०/झापा
पाँचथर जिल्लाको फाल्गुनन्दा गाउँपालिका वडा नं. २ र ३ तथा फिदिम नगरपालिका वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती समूदायले माग गरेका छन् ।
यस अघि पटक पटक विवाद भई पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बनेको समितिको निर्णयलाई कदर गर्न उच्च अदालत विराटनगरले समेत परमादेश जारी गरेको अवस्थामा पनि किराँती समूदायका गुरु आत्मानन्द पक्षले निर्णय र सहमति विपरित निर्माण कार्य गर्दै आएकोमा सो कार्य रोकी कानुनी राज्यमा सोही बमोजिम काम गर्न फाल्गुनन्द गुरुको अर्को पक्ष किरात धर्म सत्यहाङमा सेवा संघले आग्रह गरेको छ ।
झापाको दमकमा आज पत्रकार सम्मेलन गर्दै संघका केन्द्रिय अध्यक्ष ज्ञानबहादुर लावातीले किरात धर्मका आस्था महागुरु फाल्गुनन्दको समाधिस्थल सवैल सुरक्षित गर्नु पर्ने बताउनु भयो । संघका सचिव बहादुर सिंह नेम्बाङले प्रेश बक्तव्य बाचन गर्दै अदालतबाट आएको आदेश र जिल्ला प्रशासन र सरोकारवालाबीच भएको सहमतिलाई समेत कार्यान्वयन नहुँदा महागुरुको ऐतिहासिक महत्व राख्ने समाधी स्थल अतिक्रमणमा परेको बताउनु भयो ।
नेम्बाङका अनुसार आत्मानन्द गुरु र इलामको चुलाचुली गाउँपालिका वडा नं. १ मा केन्द्रिय कार्यालय रहेको संघबीच केही भिन्नताका कारण पनि सो कुरा बुझाबुझ नभएको बताउनु भयो । झण्डा र मन्त्रोच्चारणमा समेत केही फरक रहेकाले आफूहरुले इतिहास देखि नै महागुरु फाल्गुनन्दको विचार र सन्देशलाई सही तरिकाले आत्मासाथ गर्दै आएको बताउनु भयो ।
यता आत्मानन्द गुरुसँग समिपमा रहेर किरात धर्म तथा साहित्य उत्थान संघमा लामो समय देखि जिम्मेवार पदमा कार्य गर्दै आउनु भएका डकेन्द्र सिंह थेगिमका अनुसार महागुरुको समाधिस्थलमै शालिक स्थापना नगरी त्यसको वरिपरि मात्र निर्माण थालिएको बताउनु भयो । उहाँका अनुसार कुरा बुझाबुझ हुन नसक्दा विवाद आएको हो र त्यो दुःखद कुरा भएको बताउनु भयो । अव आगामी दिनमा कसरी शालिक स्थापना गर्दा सिंगो किराँतीहरुको इतिहासलाई सकरात्मक तरिकाले अगाडि बढाउँन सकिन्छ भन्ने विषयमा उहाँहरु पनि महागुरुकै चेलाभुला भएकाले सहमतिमा काम गर्नु पर्ने अवस्था सृजना गर्ने उहाँले बताउनु भयो ।
महागुरुको प्रार्थना र मुन्दुम पाठ गरी थालिएको पत्रकार सम्मेलनमा आत्मानन्द गुरुले थालेका झण्डा, मुन्दुम पाठको उच्चारणमा फरक रहेकाले आफूहरुले सो विषयलाई वास्तविकताको खोज गर्न समेत फरक धारमा उभिएर महागुरुकै मार्गमा लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कमलमा कृषि प्रदर्शनी कार्याक्रमः मेशिनबाट धान रोपाईं बर्षेनी बढ्दै (फाेटाे फिचर)
Next post इलाम २ मा सुहाङ र बझाङ प्रदेश १ मा दमनलाई उम्मेद्वार बनाउने एमाले निर्णय