स्थानीय सरकारको अनुगमनः गाैरादह उत्कृष्ट

२५ चैत्र २०८०/झापा
जिल्ला समन्वय समितिले झापाका स्थानीय तहको अनुगमन शुरु गरेको छ । जिल्लामा रहेका १५ वटै पालिकाको अनुगमन थालेको जिससले स्थानीय सरकारलाई प्राप्त २२ वटा अधिकारलाई टेकेर के कस्ता कानुन, कार्यविधि तथा विनियमहरु बनाइएका छन् भन्ने बारे सोधिएका छन् । यस्तै दोस्रो चौमासिक सकिसक्दा स्थानीय सरकारले बनाएका नीति तथा कार्यक्रम के कति पुरा भए भन्ने बारे विस्तृत अध्ययन समेत थालिएको छ ।
१५ वटा पालिका मध्ये ११ वटाको अनुगमन सक्दा अधिकांश पालिकामा राम्रै काम भएको जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले बताउनु भयो । तर केही पालिकामा विकास खर्च अपेक्षाकृत हुन नसकेकाे उहाँले बताउनु भयाे । अाजसम्म गरेकाे अनुगमनमा बरालका अनुसार ११ पालिका मध्ये सवै भन्दा उत्कृष्ट ढंगबाट गौरादह नगरपालिकाले काम गरेको पाइएको बताउनु भयो । अन्य पालिकामा विकास खर्च थारै रहेकाे अवस्थामा गाैरादहमा भने अन्य भन्दा धेरै राम्राे रहेकाे उहाँले बताउनु भयाे । अनुगमनले स्थानीय तह समेत अनुगमन हुने रहेछ भन्ने कुरालाई ख्याल गर्ने भएकाले विकास र सुशासनमा समेत टेवा पुग्ने उहाँले बताउनु भयो । अगुगमन गर्दा विकासकाे खर्च देखि सामाजिक कृयाकलाप, खर्च गर्ने विद्येयक देखि कार्यविधि समेत हेर्ने गरेकाे उहाँले बताउनु भयाे ।

अध्ययन तथा अनुगमनमा कर्मचारी व्यवस्थापन, विपत व्यवस्थापन, सिमान्तकृत तथा पिछाडिएको समूदायमा राखिएका कार्यक्रम तथा कार्यान्वयन सम्बन्धी विस्तृत प्रतिवेदन समेत तयार पालिएको जिससले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खानेपानीमा लोकतान्त्रिक प्यानलको बहुमत
Next post गौरादहमा रोगजारी सृजनाका लागि ६० जना युवालाई तालिम