गणतन्त्र दिवश विविध कार्याक्रम सहित दमकमा बृक्षारोपण

१५ जेष्ठ २०८१/दमक(झापा)

१७ औं गणतन्त्र दिवशको अवसरमा झापाको दमकमा बृक्षारोपण कार्याक्रम भएको छ । १० बर्षे जनयुद्धले २ सय ४० बर्षको इतिहासलाई उल्टाउँदै ल्याएको गणतन्त्रको विकल्प गणतन्त्र बाहेक अरु कुनै हुन नसक्ने कार्याक्रमका बक्ताले बताएका छन् । नेकपा माओवादी केन्द्रको आयोजनामा भएको कार्याक्रममा कोशी प्रदेश पर्यटन, बन तथा वाताबरण राज्यमन्त्री बन्दना झागरले बृक्षारोपणलाई दमकमा मात्र नभइ व्यापक बनाउनु पर्ने बताउनु भयो ।
उहाँले यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग समेत गर्ने बताउनु भयो । यस्तै माओवादी केन्द्रका केन्द्रिय सदस्य कार्याक्रमका प्रमुख अतिथि रञ्जित तामाङले गणतन्त्रलाई असफल बनाउन राजतन्त्रबादीले चलखेल बढाएकाले गणतन्त्रको स्थायित्व कामय राख्न जनताको अवस्था बदल्न उत्पादनमुखी कार्याक्रमलाई जोड दिनु पर्ने बताउनु भयो । तामाङका अनुसार राजतन्त्रबादीले जति नै प्रयास गरे पनि अव देश पछाडि फर्केर राजतन्त्रात्मक मुलुक बन्न नसक्ने दावी गर्नु भयो ।


डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राई तथा सामाजिक तथा राजनैतिक अगुवाले जलबायु परिवर्तनले ल्याएको चुनौतीलाई न्यूनिकरण गर्न बृक्षारोपणलाई व्यापक बनाउनु पर्ने बताएका छन् । कार्याक्रममा माओवादी केन्द्रले थालेको घर घरमा फलफुलका विरुवा रोप्ने अभियानका लागि विरुवा समेत वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पर्यावरण र उत्पादनसँग जोड्न एक लाख फलफुलको विरुवा रोपाईं अभियान दमकमा शुरु
Next post गणतन्त्र दिवशमा फुटवलः कमल कमिटी विजयी