चैते धानको चटारोः बर्षातले मुल्य ओरालो लाग्दै

२४ जेष्ठ २०८१/बालदिवश तामाङ

गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानलाई यति खेर पाकेको धान थन्काउन समस्या हुन थालेको छ । पछिल्लो समय पानी पर्न थाले पछि धान थन्काउने समस्यासँगै मुल्य समेत ओरालो लाग्न थालेको छ । झापाका किसानलाई यतिखेर चैते धान थन्काउन बर्षातका कारण समस्या हुन थालेको छ । अगुवा खेती गर्ने किसानले वेलैमा धान उठाएका भए पनि अधिक किसानको धान यतिखेर थन्काउने वेला भएको छ । तर पानी समेत आउन थाले पछि धानको मुल्यमा भने केही गिरावट आउन थालेको किसानले बताएका छन् ।

त्यसो त यो बर्ष सरकारले प्रति मन १ हजार ८२ रुपयाँ चैते धानको समर्थन मुल्य तोकेको छ । अगुवा खेती गर्नेले प्रति मन १ हजार २ सयसम्म विक्री गरेको भए पनि अहिले घटेर १ हजार ५० मा मात्र खरिद विक्री भइरहेको व्यवसायी रञ्जन शाहले बताउनु भयो । नेपालमा सवै भन्दा धेरै क्षेत्रफलमा धान खेती हुने झापा जिल्लामा चैतेधानको खेती यस बर्ष ह्वात्तै बढेको छ । जिल्लामा कन्काइ सिंचाइ आयोजना सिंचित ४ वटा पालिकामा भने स्थानीय सरकारले मुल्य निर्धारण गरिएकाले धान खेती समेत बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।


जिल्लामा झण्डै २० हजार हेक्टर क्षेत्रफलमा १० लाख २० हजार मेट्रिक टन उत्पादन हुने चैतेधान बर्षातका कारण थन्काउन समस्या हुने गरेको छ । सरकारले पहिलो पटक चैते धानको समर्थन मुल्य तोके पनि व्यापारीकै मुल्यमा धान बुझाउनु पर्ने बाध्यता भने अन्त्य नभएको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतकाे लाेकसभा निर्वाचनमा माेदीकाे एकल बहुमत गुम्याेः कसले बनाउँछ अबकाे सरकार?
Next post हाइड्रोशीलको निशुल्क शल्यक्रिया दमकमा शुरु