हाइड्रोशीलको निशुल्क शल्यक्रिया दमकमा शुरु

२५ जेष्ठ २०८१/दमक, झापा
झापाको जिल्ला स्तरीय दमक अस्पतालले हाइड्रोशील रोगको निशुल्क उपचार शुरु गरेको छ । आज देखि आगामी असार २५ गतेसम्म गरिने पुरुषहरुको अण्डाशयमा हुने हाइड्रोशील रोगको उपचारको प्रकृयामा लाग्ने परिक्षण, औषधी र अप्रेशन समेत निशुल्क गरिने छ । अस्पतालमा हुन नसक्ने खालका हाइड्रोशील सम्बन्धी रोगको उपचारका लागि ठूला अस्पतालमा पठाउँदा समेत सहयोग गरिने अस्पतालका सुचना अधिकारी डा. अनुपम अधिकारीले बताउनु भयो ।
अधिकारीका अनुसार उपचार गरिने क्षेत्रमा मात्र लट्याएर गरिने भएकाले नडराइकन उपचारमा सहभागी हुन सकिने बताउनु भयो ।
यस्तै यो अवसरमा सम्पूर्ण यस सम्बन्धीका रोगी पुरुष महानुभावलाई उपचारमा सहभागी हुन दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं आग्रह समेत गर्नु भएको छ ।
कोशी प्रदेश सरकार, स्वास्थय कार्यालय झापा समेतको समन्वय र सहयोगमा अस्पतालमै ३० दिने निशुल्क उपचार र शल्यक्रिया हुने भए पछि १ सय बढीले सेवा लिने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
झापा, मोरङ्ग र इलामको सिमा क्षेत्रमा पर्ने दमक अस्पतालको नयाँ भवन निर्माण भइ संचालनमा आए पछि विरामीको चाप समेत बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चैते धानको चटारोः बर्षातले मुल्य ओरालो लाग्दै
Next post धिमाल सँस्कृति संरक्षणमा चासोः सँस्कृति संरक्षणमा ढोल बजाउने तालिम (फाेटाे फिचर)