भारतकाे लाेकसभा निर्वाचनमा माेदीकाे एकल बहुमत गुम्याेः कसले बनाउँछ अबकाे सरकार?

२३ जेठ २०८१, सारासन्देश समाचार– भारतमा १८ औँ लोकसभा चुनावको अन्तिम मतपरिणामले भारतीय जनता पार्टीकाे आकार घटेकाे छ ।  यस अघि २०१९ मा भएकाे निर्वाचनमा एक्लै ३०३ सिट जितेर बहुमतमा रहेकाे दल याे पटक २ सय ४० सिटमा सिमित बनेकाे छ । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन २ सय ७२ सिट चाहिन्छ र त्यसका लागि एनडीएले आवश्यक सिट जितेको छ । तर यता मोदी नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स- एनडीएले भने बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र माेदीकाे गठबन्धन एनडीले २ सय ९२ सिट जितेकाे छ । यस्तै राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको भारतीय संचार माध्यम हिन्दूस्तान टाइम्सले जनाएकाे छ ।  यस बाहेक कंग्रेसले ९९ सिट जितेको छ भने अन्य दलले १७ सिटमा जित हासिल गरेका छन् । बिहार, उत्तर प्रदेश र पश्चिम बंगालले भाजपालाई साथ नदिँदा यसपटक बहुमत ल्याउन नसकेको विश्लेषण भइरहेको छ ।

भाजपाले अब सरकार बनाउन आफ्नो गठबन्धन दललाई मिलाएर लैजानुपर्ने हुन्छ । अब नयाँ सरकार गठनका लागि मोदीले एनडीएमा आबद्ध नीतिश कुमारको जनता दल युनाइटेड र चन्द्रबाबु नायडूको तेलेगु देशम् पार्टीको भर पर्नुपर्ने हुन्छ । ती दुवै पार्टीसँग क्रमशः १२ र १६ सिट छ ।

एनडीएमा आवद्ध यी दुई दलसँग विपक्षी गठबन्धनले पनि आज छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री मोदीले आफूहरुले नै सरकार बनाउने बताइरहँदा विपक्षी गठबन्धन पनि बहुमत जुटाउने कसरतमा लाग्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विश्व वातावरण दिवशमा यस बर्ष बृक्षारोपणमा जोडः एकदिनमा १२ हजार बढी विरुवा रोपण र वितरण(फाेटाे फिचर)
Next post चैते धानको चटारोः बर्षातले मुल्य ओरालो लाग्दै