झापामा आज भएको दुर्घटनामा १ जनाको मृत्युः २१ जना घाइते

४ जेष्ठ २०८१/झापा
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा बजार नजिकै आज दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
झिलझिलेबाट दमक तर्फ आउदै गरेको बा ३ ख २१६६ नं. को टिपर र बिपरित दिशा तर्फबाट जादै गरेको को १ ख ५०८७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । भारी बर्षा भइरहेको वेला भएको दुघर्टनामा तत्काल प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उदार गरी स्थानीय दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बस चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने ४५ बर्षीय अशोक बोट र टिपर चालक धनुषा जिल्लाका गणेशमान नगरपालिका वडा नं. ५ का ३४ बर्षीय शेरबहादुर राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय दमकमा राखिएको छ ।

यस्तै विर्तामोडमा आजै विहान विहान साढे ८ बजे तिर विर्तामोड पश्चिम बस स्टेनबाट पूर्वी तर्फ जाँदै गरेको मे १ च ६६१३ नम्बरको छोटा हात्तीले बाटो क्रस गर्दै गरेकी एक बृद्धालाई ठक्कर दिँदा निजको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी बर्ष ७० की टंकमाया सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर पछि टाउकोमा चोट लागेको बृद्धालाई नजिकै रहेको बीएनसीमा पुर्याउँदा ९ बजे तिर डाक्टरले मृत घोषणा गरेको थियो । गाडी चालक विर्तामोड नगरपालिका वडा नं. ५ बस्ने ४५ बर्षीय विर्खबहादुर थेवेलाई इलाका प्रहरी कार्यालय अनारमनी झापाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भुटानी काण्डले गर्दा शरणार्थी बस्तीमा छानविन: एउटै घर नं. मा ३ जना सम्मको दाबी (भिडियाे कथा)
Next post झापामा बाढीले ७ घर विस्थापितः दर्जन बढी घरहरु डुबान र पहिराेमा