शहिद गेट भत्काउँदाको विकल्प खोज्नु पर्ने माग

४ जेष्ठ २०८१/झापा
माओवादी द्वन्द्वकालमा शहिद बनेकाहरुको सम्झनामा बनाइएको शहिद स्मारक गेटको विकल्प विना भत्काउन नदिने माओवादी पाटीले जिकिर गरेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त कमल गाउँपालिकामा रहेको जनमुक्ति सेना नेपालले निर्माण गरेको शहिद गेट भत्काए पनि अर्को निर्माण गर्नु पर्ने माओवादीका उच्च नेतृत्वले बताएका छन् ।


आज दमकमा रहेको काँकडभिट्टा लौकही पूर्वी खण्ड आयोजनाको कार्यालयमा गेट नभत्काउने सम्बन्धमा सूचना टाँस गरेको छ । ज्ञापन पत्र बुझाउन पुगेका पार्टीका केन्द्रिय सदस्य सहितका प्रदेश तथा जिल्लाका नेताले आफूहरु विकासको विरोधी नभएको र शहिदको सम्झनामा बनाइएको गेटको विकल्प खोज्नु पर्ने बताएका छन् ।


माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ, जनमुक्ति सेना नेपालका अध्यक्ष नरबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी झापाका इन्चार्ज सुमन सिंह सी लगायतले १० बर्षे जनयुद्धले ल्याएको परिवर्तनको मर्मलाई नामेट नबनाई विकल्पमा अर्को गेट निर्माण गर्नु पर्ने माग राखेका छन् ।
पूर्व पश्चिम राजमार्ग स्तरोन्नती गरी एशियन मार्ग बनाउँदा माओवादीले देशमा गणतन्त्र ल्याए पछि निर्माण गरेको दुई वटा गेट भत्काउनु पर्ने भएको आयोजनाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा बाढीले ७ घर विस्थापितः दर्जन बढी घरहरु डुबान र पहिराेमा
Next post भ्रष्टचार रहित सामाज रुपान्तरण गर्नु पर्नेमा माओवादी नेताकाे जोड