झापाली पत्रकारितामा समावेशिता खोजिँदैः फोनिज झापाले मनायो रजत जयन्ती

९ भदौ २०८१/झापा

झापाली पत्रकारितामा आदिवासी जनजाति पत्रकारहरुको संख्या घट्दो रहेको बताइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको फोनिजको स्थापनाको रजत बर्ष कार्याक्रममा फोनिजमा आवद्ध पत्रकारहरुका अवस्था र पहुँचबारे कार्यापत्र प्रस्तुत गरिएको छ ।

फोनिजका अग्रज पत्रकार झापा शाखाका संस्थापक अध्यक्ष दिपिन राईले पत्रकारिताको इतिहासमा कतिपय गलत विवरण पेश भएकाले सो सच्याउन समेत माग गर्नु भएको छ । सत्यनारायण बहादुर श्रेष्ठ पत्रकार संघको संस्थापक हुँदाहुँदै गलत इतिहास बनाएको दावी गर्दै आएको फोनिजले जिल्लामा समेत अग्रज आदिवासी जनजाति पत्रकारको विवरण ऐतिहासिक पुस्तकमा नमसेटिएको बताइएको छ ।

जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा विर्तामोडमा भएको कार्याक्रममा प्रमुख अतिथि फोनिजका केन्द्रिय उपाध्यक्ष कमन देवानले संघीय संरचना र संवैधानिक अधिकार प्राप्तीमा सवै एक हुनु पर्ने बताउनु भयो । अनिजबाट उदय भएको आदिवासी जनजाति पत्रकारको संस्थाले पछिल्लो समय पहिचानको मुद्धालाई समेत जोड दिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी अझै पनि कोशी प्रदेश मान्दैनौं, प्रदेश नम्बर एकको नाम किरात लिम्बुवान वा लिम्बुवान किरात हुनु पर्ने पक्षमा फोनिज रहेका छौं ।’

कार्याक्रममा अग्रज पत्रकार जिल्लाका पूर्व अध्यक्ष तारामणी सापकोटाले संविधान अनुसार पत्रकारितामा समानुपातिक समावेशिता हुन नसकेको टिप्पणी गर्नु भएको छ । हालै मात्र आमसंचार र समावेशी पत्रकारिता पुस्तक प्रकाशित गर्नु भएको सापकोटाले आफूले गरेको रिसर्जमा संवैधानिक मुल्य र मान्यता अनुसार जातिय संघ संस्थामा समेत समावेशिता हुन नसकेको टिप्पणी गर्नु भयो ।

कार्याक्रममा नेपाल पत्रकार महासंघका झापा जिल्ला अध्यक्ष एकराज गिरी पत्रकारजन्य संघ संस्थाका नेतृत्वले फोनिजमा आवद्ध पत्रकारको विकासमा संविधानले ग्यारेन्टी गरिए पनि विनियम तथा ऐन र व्यवहारमा भने समावेशिता नभएको बताएका छन् । फोनिका सचिव तिलक योञ्जन तामाङले संचालन गर्नु भएको कार्याक्रममा पत्रकार महासंघ झापा शाखाले प्रकाशित गरेको झापाली पत्रकारिता र चौथो अंग बुलेटिन समेत वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतको गोरखपुरबाट पर्यटक लिएर आएको बस आँबुखैरेनी दुर्घटना हुँदा १४ जनाकाे मृत्यु
Next post पहिराेमा परी ७ जनाकाे मृत्युः विपदमा परी देशभर २ बढीकाे ज्यान गयाे