झापामा मलमा कमिशनको खेलः महँगो मुल्यले किसान मारमा

नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै साढे ३ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा बृहत खेती गर्ने किसानहरु यथेष्ठ मल नपाउँदा मारमा परेका छन् । जिल्लाको सवै भन्दा धेरै मकै खेती हुने झापा र बाह्रदशी गाउँपालिकाको दक्षिणी क्षेत्रमा मल नपाउँदा अर्को पालिकाबाट ल्याएर व्यापारीले कमिशनमा महँगो मुल्यमा विक्री गर्ने गरेका छन् ।
झापाका गाउँपालिका वडा नं. ५ का विनोद मण्डलले अढाइ विगाह क्षेत्रफलमा मकै खेती गर्दै आउनु भएको छ । तर सरकारले उपलव्ध गरेको मल पाउन नसके पछि व्यापारीबाट महँगो मुल्यमा मल खरिद गरेर खेती गर्नु परेको उहाँले दुखेसो पोख्नु भयो । बजारमा ९ सय ३० रूपयाँ बाेराकाे युरिया १ हजार ५ सयसम्म र डीएपी २ हजार ८ सयसम्म खरिद गर्नु परेकाे उहाँले बताउनु भयाे ।

त्यसो त मण्डल एउटा प्रतिनिधि पात्र मात्र हुन् । उहाँ जस्तै धेरै किसानले कमिशनको महँगो मुल्यको मल खरिद गर्दै आएका छन् । वितरण प्रणाली उचित नहुँदा कतै उपयोग भन्दा धेरै र कतै कम हुँदा एक पालिकाबाट अर्को पालिकामा लगेर व्यापारीहरुले कमिशन खाएर किसानलाई दिँदै आएको गुनासो आए पछि रोक्ने कार्य थालिएको बाह्रदशी गाउँपालिका वडा नं. २ का अध्यक्ष भिमबहादुर कार्कीले बताउनु भयो । कार्कीका अनुसार पालिकाकाे सभामै महँगाे मुल्यमा मल विक्री हुँदै आएकाे भन्ने गुनासाे आए पछि निर्णय गरेर राेक लगाएकाे बताउनु भयाे ।

सरकारले मल खरिदमा चाल आर्थिक बर्षमा झण्डै २८ अर्व रुपयाँ विनियोजित गरी खरिद गर्दै आएको छ । तर वितरणको समुचित व्यवस्थापन नहुँदा केही समस्या आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो ।
झापामा नेपालकै सवै भन्दा धेरै ४४ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । मल वितरण संयन्त्रले धेरै खेती हुने क्षेत्रलाई पुग्दो मल नदिँदा किसानले महँगो मुल्य तिर्नु परेको गुनासो पोखेका छन् ।