
काेशी प्रदेश मुख्यमन्त्री कप २०८१ काे उपाधी एपीएफको पोल्टामा
१५ फाल्गुण २०८१/झापा
झापाको दमकमा जारी मुख्य मन्त्री राष्ट्रिय महिला भलिबल कप २०८१ को उपाधी विभागीय टीम एपीएफको पोल्टामा परेको छ । विहीबार भएको भएको फाइनलको खेलमा बागमती प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । सोझो ३ सेटमा एपीएफले मुख्यमन्त्री कपको विजेता बनेको हो । यस्तै नेपाल पुलिस क्लवले त्रिभुवन आर्मीलाई हराउँदै तेस्रो स्थान सुरक्षित गरेको छ ।
खेलमा विजेता र उपविजेता एपीएफले नगद ५ लाख, मेडल र ट्रफी प्राप्त गरेको छ । यस्तै उपविजेता वागमती प्रदेशले ३ लाख रुपयाँ प्राप्त गरेको छ । विजेता र उपविजेता टीमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले ट्रफी प्रदान गर्नु भएको छ । यस्तै तेस्रो र चौथो हुनेले क्रमशः नगद १ लाख ५० हजार र ७५ हजार रुपयाँ सहित ट्रफी र मेडल प्रदान गरिएको छ । ८ वटा टीमको सहभागिता रहेको राष्ट्रिय महिला भलिवल मुख्यमन्त्री कप गत फाल्गुन ११ गते दमकको हिमावि खेल मैदानमा हुँदै आएको थियो ।