Read Time:1 Minute, 19 Second

९ चैत्र २०७७, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेकाे छ । हालसम्म देशभर २२ लाख ४० हजार ९ सय ९८ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५१ जना रहेकाे जनाइएकाे छ ।
