ढेड दशक पछि रतुवा पुल बन्ने आशाः तर कन्काइको पुल कछुवाको तालमा(फाेटाे फिचर/भिडियाे कथा)

१० असोज २०८१/डिकेश लामा

झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल ढेड दशक पछि बल्ल संचालनको नजिक पुगेको छ । २ बर्ष अघि पुनः नयाँ ठेक्का मार्फत दुवै तर्फ पुल थप गरे पछि संचालन गर्न सकिने अवस्थामा पुगेको हो । झापा र मोरङ्गको सिमाना पर्ने हुलाकी सडक अन्तर्गतको रतुवा खोलाको पुल आर्थिक बर्ष २०६४÷०६५ मा कालिका ओसिए जेभीले १० करोड ३२ लाख ९१ हजार रुपयाँमा ठेक्का लिएर निर्माण थालेको हो । तर पुल खोला भन्दा छोटो भए पछि पुनः २२ करोडको ठेक्का मार्फत निर्मााण गरी हालै आएर मुख्य संरचनाको काम भने सकिएको छ ।

default

पुलको पश्चिम पटीको भागमा दुई वटा स्पान थप र पूर्व पटि एक वटा स्पान थप गरी पुलको लम्बाई विस्तार गरिसकिएको छ । हुलाकी सडक सहज संचालनका लागि धमाधम एप्रोच सडकको निर्माण कार्य भइरहेको स्थानीय अगुवा मित्रेश ताजपुरियाले बताउनु भयो । एमालेको कार्यकर्ता रहेको ताजपुरियाले आफूहरुले भोट दिएर पटक पटक विजय गराएको तर पश्चात भएको उहाँले बताउनु भयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्रमा निर्माण भइरहेको पुल निर्माण थाल्दा जन्मिएका बच्चाले भोटले लगाउने उमेर भइसकेको उहाँले बताउनु भयो ।

झापाको गौरीगंज गाउँपालिका र मोरङ्गको रतुवामाइ नगरपालिकाको सिमानामा रहेको रतुवा खोलामा यस बर्ष बर्षातको समयमा पनि पुल निर्माणको काम भने धमाधम हुँदै आएको छ । गौरीगंज गाउँपालिकामा पर्ने हुलाकी सडक अन्तर्गतको रतुवा पुल निर्माण हुने अवस्थामा पुगे पनि अझै कन्काई पुलको कामले भने गति लिन नसकेको पालिकाकी अध्यक्ष फूलबती राजवंशीले बताउनु भयो ।
राजबंशीका अनुसार रतुवा पुल धमाधम बनेकाले सकिने आशा पलाए पनि कन्काइ पुल भने अझै कछुवाको तालमा रहेकाले निराशा हट्न नसकेको उहाँले बताउनु भयो ।

पुल निर्माण क्षेत्रमा बर्षातको समयमा पनि दैनिक ५ सय देखि १ हजारसम्म यात्रुले जोखिम मोलेर डुङगा या बाँसको अस्थायी पुलमा पैसा तिरेर यात्रा गर्ने गरेका छन् । २०६५ साल देखि बनाउन थालिएको पुलको एप्रोच सडक धमाधम बन्दै गरेकाले चाँडै पुलबाट हिड्न पाउने यात्रुहरुले आशा गरेका छन् ।


झापाको ५ नम्बर निर्वाचन क्षेत्रमा पर्ने रतुवा पुल प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो भने यता कन्काई पुल दुई पटक प्रतिनिधिसभा सांसदमा विजयी भइसक्नु भएका एलपी साँवाको क्षेत्र हो । राजनैतिक नेतृत्वले उचित पहल गर्न नसकेकै कारणले डेढ दशक वितिसक्दा पनि पुलले पूर्णता नपाएको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धानकाे गाबाे बोकेरै रोग जाँच्न जान्छन् कमलका किसान
Next post कोशी ब्यारेजमा बस खस्योः २० जना यात्रुको उद्धार