पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना संक्रमित

१८ जनाकाे मृत्यु

३ कातिर्क २०७७, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २३३५ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९४५०१ रहेको छ । यसैगरी देशभर पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ । यसैबीच अाज प्रदेश नम्बर एकमा ३ सय ३२ जनामा संक्रमण पुष्टी भएकाे छ । जसमध्ये सबै भन्दा धेरै धरान उपमहानगरपालिकामा ४९ महिला र ५१ पुरूष गरी एकै दिन १ सय जनामा पुष्टी भएकाे सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर एकले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना संक्रमित
Next post नेपालमा हालैसम्मकाे धेरै एकै दिन झण्डै ६ हजार संक्रमित