पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना संक्रमित

कोरोनाबाट थप १२ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १ हजार ६ सय ९८ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा ९९ ललितपुरमा १ सय ३० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.९ प्रतिशत निको भएका छन् ।

यसैगरी देशभर पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आदिबासी रंगशालाको योजना अन्यत्र सारिनेः प्रधानमन्त्री ओली (भिडियाे सहित)
Next post पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना संक्रमित