
केवलकार निर्माणको विरोधमा झापा देखि नै बन्द
१६ माघ २०८१/ डिकेश लामा
झापादेखि पहाडी जिल्लाहरुसँग जोडिने मुख्य मेची राजमार्गको झापाको सिमा क्षेत्र देखि नै बन्द गरिएको छ । ताप्लेजुङ्गमा रहेको पाथिभरामा निर्माण गर्ने भनिएको केवलकारको विरोधमा उत्रिएका समूहले राजमार्ग बन्द गरिएको केवलकार निर्माणको विरोधमा उत्रिएका समूहले जनाएका छन् ।
जैविक विविधता र प्रकृतिको संरक्षण गर्न जुटेका स्थानीय समूदायको माग नसुनी निर्माण कार्य थाल्दा गत शनिवार दुई पक्षबीच झडप थियो । झडपमा प्रहरीको गोली लागेर ३ जना शख्त घाइते भएका छन् भने अन्य १७ जना घाइते भएको विरोधमा उत्रनु भएकी किरात याक्थुङ चुम्लुङ झापाकी सचिव भिममाया नेम्बाङ्गले बताउनु भयो ।
मुकुलुम अर्थात पाथिभरामा बनिन लागेको केवलकारले त्यस क्षेत्रको जैविक विविधतामा नै असर पर्ने उहाँले बताउनु भयो । प्रकृति र सँस्कृति मारेर गरिने विकास आफूहरुलाई नचाहिने विराधमा उत्रिएका नेतृत्वले बताएका छन् ।
शनिबार भएको झडपलाई लिएर बिरोधी समूहको माग र त्यहाँ थप समस्या हुन नदिन गृह मन्त्री रमेश लेखकले हिजो देखि सरोकारवाला जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर र इलामका सांसदसँग छलफल समेत थाल्नु भएको छ । शनिबारकाे झडपमा प्रहरीले गाेली चलाउँदा यामबहादुर लिम्बु, सगुन लाअाेती, धमेन्द्र पालुङ्वा, मंगल लिम्बु गम्भीर प्रकृतिकाे घाइते भएकाे पीडित परिवारले जनाएका छन् ।
यातायत बन्द हुँदा टाढाबाट आवातजावात गर्ने यात्रुहरुलाई भने समस्या भएकाले राज्यले मागकाे चाँडाे सुनवाइ गर्नु पर्ने उनीहरूले बताएका छन् ।