केवलकार निर्माण विराेधी र सरकारबीच सहमतिः मुकुम्लुङकाे आन्दाेलन स्थगन 

२२ माघ २०८१, सारासन्देश समाचार

धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरलाई केबलकार निर्माण राेक्नु पर्ने माग सहित शुरू भएकाे अान्दाेलन सरकारसँग अाज भएकाे वार्ता र सहमति पछि स्थगन हुने भएकाे छ ।  केवलकार निर्माकाे विषयकाे विवादसँगै निम्तिएको झडप र बन्दले पूर्व अशान्त बन्दै गएको वेला ४ दिनकाे प्रयास र छलफल पछि सहमति भएकाे छ  । तर याे सहमतिले निर्माण कार्य पूर्णरूपमा राेकिने भन्ने उल्लेख्य गरेकाे छैन । माथिल्लाे भागकाे काम राेक्ने र तल्लाे स्टेशनबारे अर्काे वार्ताले निर्णय गर्ने बताइएकाे छ ।

ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबुलकार निर्माणका क्रममा भएको आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्ने सहमति भएको छ । सहमतिसँगै कोशी प्रदेशका ९ जिल्लामा जारी आन्दोलनका कार्यक्रम पनि स्थगित भएका छन् ।

गृह मन्त्रालयको वार्ताटोली र आन्दोलनकारीका प्रतिनिधिहरूबीच मंगलबार भएको वार्तामा सहमति जुटेको हो । पाथीभरा केबुलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।

प्रदर्शनकारीले १५ माघदेखि ताप्लेजुङ प्रवेश गर्ने मेची राजमार्ग र तमोर करिडोरमा यातायातका साधन बन्द गर्दै आएकाेमा सरकारले वेवास्ता गरेकाे भन्दै  आइतबार र सोमबार उनीहरूले नौ जिल्ला नै बन्दको घोषणा गरेका थिए ।

ताप्लेजुङमा एक सातायता निम्तिएको तनाव कोशी प्रदेशभर विस्तार हुँदै गए पछि सरकार र निर्माण राेक्ने पक्ष वीच छलफल भएकाे हाे। लिम्बू मुन्धुमअनुसार मुकुम्लुङ भनिने पाथीभरालाई उनीहरूले धार्मिक स्थल मान्छन् । यहाँ केबुलकार बनाउँदा धार्मिक मात्र नभइ पर्यावरणीय अवस्थामा समेत असर पर्ने उनीहरूकाे ठम्याइ छ ।

उच्च पहाडी भागमा यस्ता पूर्वाधार निर्माणले त्यहाँकाे इकाेसिस्टममा मात्र नभइ भूक्षय हुने भन्दै प्राकृतिक पर्यावरण संरक्षणमा असर गर्ने विकास राेक्न ज्यानकाे बाजी थापेर विराेधमा उत्रिएकाे किरात याक्थुङ चुम्लुङ झापाकी सचिव भिम  माया नेम्बाङले बताउनु भयाे । विश्वमा बढ्दै गएकाे जलबायु परिवर्तनका कारण  प्रकृतिकाे  विनाश राेक्न प्राकृतिक सम्पदा र संरचनामा हमला हुन नदिने उहाँले बताउनु भयाे । मंगलबार भएकाे सहमतिले केवलकार निर्माण राेकिने भन्ने स्पष्ट नभएकाे विराेधी पक्षकाे भनाइ छ । आगामी वार्ताले मागकाे सम्बाेधन नभए पुनः आन्दाेलन हुने उनीहरूकाे भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post केवलकार निर्माणको विरोधमा झापा देखि नै बन्द
Next post चितवनबाट पनि ५४ लाख रूपयाँ धराैटीमा छुटे रवि