मुख्यमन्त्री राष्ट्रिय महिला भलिवल कप २०८१ शुरु

११ फाल्गुण २०८१/झापा
झापाको दमकमा मुख्य मन्त्री राष्ट्रिय महिला भलिबल कप आइतबार देखि शुरु भएको छ । लिग चरणको प्रतियोगिताको उद्घाटन कार्याक्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले खेल क्षेत्रको विकासमा महिलाको सहभागिता बढाउन खेलकुदका संघसंस्थाले जोड दिनु पर्ने बताउनु भयो । उहाँले समग्र खेलकुद क्षेत्रको विकासमा कोशी प्रदेश सरकारले ध्यान दिने समेत बताउनु भयो ।

आइतबार भएको लिगको पहिलो चरणमा ४ वटा खेल भएका छन् । पहिलो खेलमा सुदुर पश्चिमलाई सोझो ३ सेटमा हराउँदै एपीएफले ३ अंक हात पारेको छ । यस्तै दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवलाई सोझो ३ सेटमा हराएर नेपाल पुलिस क्लवले ३ अंक प्राप्त गरेको छ । तेस्रो सेटको खेलमा मधेस प्रदेशलाई हराएर कोशी प्रदेशले ३ अंक जोडेको छ भने चौथो खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै बागमतीले पनि ३ अंक जोडेको छ ।
कोशी प्रदेश भलिवल संघ सहित राष्ट्रिय रेफ्रीको सहजीकरणमा खेलाइएको खेलमा विजेता र उपविजेताले नगद ५ र ३ लाख रुपयाँ प्राप्त गर्ने छन् । यस्तै तेस्रो र चौथो हुनेलाई समेत नगद १ लाख ५० हजार र ७५ हजार रुपयाँ सहित ट्रफी र मेडल प्रदान गरिने आयोजक नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधानमन्त्री ओलीकै सरकारले केवलकार बनाउने योजना ल्याएको संसदमै खुलसाः चौतर्फी विरोध हुँदा पनि सरकार मौन
Next post एपीएफ र बागमती प्रदेश फाइनलमा