
प्रधानमन्त्री ओलीकै सरकारले केवलकार बनाउने योजना ल्याएको संसदमै खुलसाः चौतर्फी विरोध हुँदा पनि सरकार मौन
११ फाल्गुण २०८१/सारासन्देश समाचार
राप्रपाका अध्यक्ष झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसदले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा योजना बनाएर व्यापारीलाई दिने निर्णय गरेको खुलसा गर्नु भएको छ । आज बसेको प्रतिनिधिसभामा उहाँले यो कार्य व्यापरिक स्वार्थका लागि भाइ भाइबीच लडाउने काम समेत भएको बताउनु भएको छ ।
उहाँले यस अघि नै सरकारमा भएको वेला पाथिभरालाई कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभरालाई अलग गरी व्यापारीलाई केवलकार बनाउने निर्णय भएको बताउनु भयो । उहाँले केवलकार निर्माण गर्ने कार्य अभिलम्भ रोक्न माग समेत गर्नु भएको छ ।
तर यता सो क्षेत्रका सत्तारुढ दल नेकपा एमालेका सांसद योगेश भट्टराईले भने पाथिभराको विषयमा व्यापारीकै हितमा कुरा राख्नु भएको छ । उहाँले सरकारले नियमसंगतरुपमा नै निजी क्षेत्रलाई केवलकार बनाउन जिम्मा दिएको बताउनु भयो । उहाँले समेत नेकपा एमाललेकै सरकारले यो काम गरेको भन्ने घुमाउरो अभिव्यक्ति राख्नु भएको छ । उहाँले तीनै तहका सहकारले नै नियम संगत निजी क्षेत्रलाई केवलकार बनाउन दिएको बताउनु भयो ।
उहाँले सुरक्षाकर्मी माथि सांघतिक हमला समेत भएको उहाँले बताउनु भयो ।
यस्तै यता रास्वपाकी सांसद तोसीमा कार्कीले निजी वा व्यक्तिलाई केवल कार बनाउने जिम्मा दिएर अन्तराष्ट्रिय अनुबन्ध र कानुनको ख्याल नगरी स्थानीय धार्मिक, सँस्कृतिको विपक्षमा समाजबादका नारा लगाउने पार्टीले नै स्थानीयको मागको वेवास्ता गर्दै बलपुर्वक केवलकार बनाउने कार्य तत्काल स्थगन गर्नु बताउनु भयो । गोली हानेर गरिने विकास विकास कि विनास भन्दै उहाँले प्रश्न राख्नु भयो ।
यस्तै यता राप्रपाका अध्यक्ष झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसदले समेत व्यापरिक स्वार्थका लागि भाइ भाइबीच लडाउने काम भएको बताउनु भएको छ । उहाँले यस अघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै सरकारमा भएको वेला पाथिभरालाई कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभरालाई अलग गरी व्यापारीलाई केवलकार बनाउने निर्णय भएकाले यो लामो समय देखि योजनाबद्ध ढंगबाट केवलकार बनाउने नीतिमा लागेको उहाँले संसदमा बताउनु भयो । उहाँले अभिलम्भ काम रोक्न माग समेत गर्नु भएको छ ।
यता विभिन्न राजनैतिक दल र भातृ संगठनले समेत मुकुम्लुङको केवल कार निर्माण तत्काल रोकी वार्ताबाट ताप्लेजुङमा रहेको नेपालकै महत्वपूर्ण मुकुम्लुङ अर्थात पाथिभराको विषयलाई लिएर सरकारको सदन देखि सडकसम्म विरोध चुलिन थालेको छ । लामो समय देखि सरकार वार्ता गर्न तयार नभएको देख्दा व्यक्तिवादको पुजारी भएको हो भन्ने सामाजिक संजालमा व्यापक गुनासा समेत आउन थालेको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश कमिटिले विज्ञप्ती जारी गर्दै नो केवलकार पक्षलाई दमक गरिरहेको भन्दै भत्र्सना जारी गरेको छ । पार्टीले केवलकार निर्माण तत्काल स्थगन गरी वार्ता गर्नु पर्ने धारणा व्यक्त गरेको छ । यस्तै सत्तासिन नेपाली काँग्रेश पार्टीको भातृ संस्था तरुण दलका केन्द्रिय सदस्य प्रेमकुमार मुकारुङले तरुण दलको लेटर प्याडमा विज्ञप्ती जारी गर्दै काँग्रेशकै नेतृत्वमा रहेको गृह मन्त्रालयले वाक स्वतन्त्रतालाई कुल्चिएर शक्ति प्रदर्शन गर्नु दुर्भाग्य भएको उल्लेख्य गरेका छन् । सरकारले व्यापारी पक्षमा लिएर जनताको आवाज दबाउने काम गरे काँग्रेशका सच्चा कार्यकर्ता चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ । हिजो शनिबार वेलुका ताप्लेजुङमा भएको झडपमा आन्दोलन पक्षका ५ जना शख्त घाइते भएको र ३० जना बढी पक्राउ परेको मुकुम्लुङ बचाउ अभियान पक्षधरले विज्ञप्ती जारी गरी जानकारी दिएको छ । यस्तै यता सरकारले समेत केही सुरक्षाकर्मी घाइते भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज विहान देखि अर्को आदेश नभएसम्म कफ्र्यू जारी गरेको छ ।