नेपालमा आज ५१७ संक्रमितः ५ जनाकाे मृत्यु

३१ चैत्र २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर र एन्टिजेन परीक्षणमा समेत गरी थप ५ सय १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यस्तै थप ५ जनाको मृत्यु भएको छ।

२४ घण्टामा ४३ सय ८६ वटापीसीआर र ८ सय १७ जनाको एन्टिजेन परीक्षण गरिदा ५१७ जना सङ्क्रमित भएका हुन । यो सँगै सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ पुगेको छ । आज काठमाडौ उपत्यकामा मात्र सबभन्दा धेरै २ सय १९ जना सङ्क्रमित भेटिएका छन् ।

२४ घण्टामा १५३ जना डिस्चार्झ भएका छन् भने ९७ जना आईसीयुमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विचल्नीमा परेका सुकुम्बासीलाई व्यवस्थापन गर्न माग
Next post नेपालमा आज ६०३ संक्रमित, ३ जनाकाे मृत्यु