नेपालमा संक्रमणमुक्त एक लाख नाघे, ६९.२ प्रतिशत निकाे भए

२४ घण्टामा ३ हनार ६ सय ३७ जना संक्रमित

६ कातिर्क २०७७, काठमाण्डाैं–नेपालमा कोरोना भाइरसबाट एकलाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै १ लाख २ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका हुन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जना संक्रमित भएको प्रा.डा. गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्यु भएकाे छ । याे सँगै नेपालमा मृत्यु हुनेकाे संख्या ८ सय १२ पुगकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा हालैसम्मकाे धेरै एकै दिन झण्डै ६ हजार संक्रमित
Next post पूर्व प्रधानमन्त्री भट्टराइ दम्पतीलाइ काेराेना