मुल्य घटे पछि किसान निराशः ४ सयमा पनि विक्री भएनन् लाेकल कुखुरा

१७ वैशाख २०७८

राम्रो मुल्यमा विक्री हुन थाले पछि स्थानीय जातका कुखुरा पालनमा आकार्षित भएका किसान निराश बन्न थालेका छन् । बजारमा कुखुराको मुल्य घट्न थाले पछि फार्म संचालन गर्ने किसानहरु निराश बन्न थालेका हुन् ।

झापाको गौरादह नगरपालिका वडा नं. ४ को शिव नरभक्ती कृषि फार्ममा स्थानीय जातका १० हजार धेरै कुखुरा पालन गर्ने गरिन्थ्यो । तर पछिल्लो उचित मुल्यमा कुखुरा विक्री नभए पछि कुखुरा पालन घटाउन थालिएको छ । लगानी उठाउनै समस्या पर्न थाले पछि कुखुरा पालन घटाउनु पर्ने अवस्था आएको फार्मका किसानले बताएका छन् ।

यस्तै अर्का किसान मोहन प्रसाईंले समेत सोही वडामा स्थानीय जातका कुखुरा ठूलो संख्यामा पाल्दै आउनु भएको छ । तर एक्कासी बजार मुल्य गिरावट हुन थाले पछि कुुखुराको विकल्प खोज्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

लामो समयको कोरोना संक्रमणले ग्रामिण क्षेत्रका युवाहरु पछिल्लो समय स्वदेशमै केही गरौं भनेर लागेका छन् । तर कतिपय अवस्थामा बजार सुनिश्चित नहुँदा समस्या हुने गरेको छ । तथापि भन्दा स्वदेशी भूमिमा पनि कृषि क्षेत्रमा काम गर्ने युवाहरुको संख्या बढ्न थालेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो ।

झापा जिल्लामा व्यवसायिकरुपमा व्रोइलर, लेयर्स र स्थानीय जातका कुखुरा पालनमा आकार्षण बढेर गएको छ । ती मध्ये महँगो मुल्यमा विक्री हुने कुखुराको मुल्य समेत गिरावट हुन थाले पछि किसानहरु निराश बन्न थालेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शंकास्पद बस्तु डिस्पोजःएमसीसीकाे विराेधमा बमकाे नाटक
Next post नेपालमा आज ५७२७ संक्रमित थपिएः३३ जनाकाे मृत्यु