नेपालमा आज ४ हजार २२ जना निकाे

२६ वैशाख २०७८, काठमाडौं- नेपालमा दाेस्राे लहरकाे काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्न थालेकाे छ । ४ दिन अघिसम्म २ हजार हाराहारीमा निकाे हुने संख्या आज बढेर ४ हजार २२ पुगेकाे छ । यस्तै नेपालमा आज ८ हजार ८ सय ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १८ हजार ७ सय ८७ जनाको पीसीआर र ५०६ एन्टीजेन परीक्षणमा ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना गरी २४ घण्टामा ८८ जनाको निधन भएको तथ्यांक थप भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमणसँगै काेराेना जित्नेकाे संख्या बढ्दै
Next post स्वास्थ्य मापदण्डकाे पालना र परिक्षणले काेराेना राेकथामा धेरै सहयाेग पुग्छः डा कँडेल