प्रधानमन्त्री ओलीले संसद्को विश्‍वास गुमाए पछि नयाँ सरकार गठन गर्न आव्हान

२७ वैशाख २०७८, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाए पछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको छ ।ओलीले राखेको प्रस्तावको पक्षमा ९३ जना सांसदले मतदान गरेका छन् । विपक्षमा १२४ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाका (उपेन्द्र यादव-बाबुराम भट्टराई) समूहका सांसदले मत दिएका छन् । यस्तै तटस्थ १५ मत परेको छ । एमालेका झलनाथ खनाल-माधवकुमार नेपाल समूहका २७ सांसद अनुपस्थित रहेका छन् । आजको मतदानमा जम्मा २ सय ३२ जना सांसद सहभागी भएका छन् । प्रधानमन्त्री ओलीले विश्वास प्राप्त गर्नका लागि १ सय ३६ मत पाउनु आवश्यक पर्दथ्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वास्थ्य मापदण्डकाे पालना र परिक्षणले काेराेना राेकथामा धेरै सहयाेग पुग्छः डा कँडेल
Next post नेपाल आज ९१२७ संक्रमित ४००७ निकाे