निषेधाज्ञाकाे अवज्ञा गर्दै विहे भाेज गर्ने दुई दुलाह पक्राउ

२९ वैशाख २०७८,पर्वत- पर्वत जिल्लाकाे जलजला गाउँपालिका वडा नं. २ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट बन्दै गएकाे माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।

मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ४० जना भन्दा धेरै गाउँले भेला भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ९३०५ संक्रमित,४४४४ निकाे, १६८ मृत्यु
Next post नेपालमा आज ५०५५ निकाे, ८९६० संक्रमित