
खुशीकाे खबर नेपालमा आज ८८४८ जनाले जिते काेराेना

८ वैशाख २०७८, काठमाडौं– नेपालमा आज दाेस्राे लहरकाे काेराेना संक्रमण बृद्धि भए यता सवैभन्दा धेरै साढे ८ हजार ८ सय ४८ जना निकाे भएका छन् । लगातार संक्रमितको संख्या वृद्धि हुँदै आएकोमा कोभिडको दोस्रो लहरमा पहिलोपटक संक्रमणमुक्तको संख्या हाराहारीमा पुगेको हाे ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५७ को पीसीआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमश ८ हजार ५ सय ९१ र ३ सय ८९ गरी थप ८ हजार ९ सय ८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६ सय ४३ पुगेको छ ।
यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । गत २४ घण्टामा थप १ सय २९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १ सय ५३ पुगेको छ ।