१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्यायाे सरकारले

१५ जेष्ठ २०७८,काठमाडौँ – काेराेना कहरका बीच पनि याे बर्ष आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हाे ।

चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड,  पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताउनु भयाे । यस्तै,खर्चको स्रोत व्यवस्थापनतर्फ राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड,  न्यून हुन आउने रकम ५ खर्ब ५९ अर्ब ३० करोड , वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड र आन्तरिक ऋण २ खर्ब ५० अर्ब अनुमान गरिएको छ । यसैगरी आगामी आर्थिक बर्षमा शिक्षा क्षेत्रमा सवै भन्दा धेरै बजेट विनियाेजन गरिएकाे छ । यस्तै शिक्षा पछि स्वास्थ्य क्षेत्रमा बजेट विनियाेजन गरिएकाे छ । खाेप खरिदका लागि मात्र २७ अर्व बजेट विनियाेजन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सबै नागरिकलाई खोपको प्रबन्ध गर्छौं : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ सहित)
Next post नेपालमा आज ६०८० निकाे, ४३११ संक्रमित