तेस्रो लहरको पूर्वतयारी शुरूः स्वास्थ्य मन्त्रीकाे सम्पति विवरण सार्वजनिक

२४ जेष्ठ २०७८,काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताउनुभएको छ ।

मन्त्री भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्वतयारी सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तेस्रो लहरमा बालबालिकालाई प्रभावित बनाउने हो कि भन्ने छ, त्यसैले सातै प्रदेशमा बालबालिकालाई चाहिने आवश्यक आईसीयु कक्षसहितको अस्पताल बनाउने तयारी गर्दैछौं ।’

मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताउनुभयो । ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उहाँको भनाइ छ ।

मन्त्री तामाङले मेरो आज नै अन्तिम दिन हो भन्ने स्मरणमा राखेर काम गर्ने बताउनुभयो । ‘भरे गरौंला, भोलि गरौंला भनेर राख्दिन, आज नै मेरो अन्तिम दिन हो भनेर काम गर्नेछु,’ तामाङले बताउनु भयाे ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्री भएको तेस्रो दिनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

मन्त्री भएपछि पहिलोपटक भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । आम निर्वाचनबाट केपी ओली नेतृत्वको सरकार बनेलगत्तै उहाँ कानून, न्याय तथा संसदीय मामिला मन्त्री हुनुभएको थियो । कानून मन्त्री भएलगत्तै पनि उहाँले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो ।  पहिलोपटक न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून निर्माण गर्ने तयारी गरे पनि पूरा हुन पाएको थिएन ।

मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताउनुभयो । ‘निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आम नागरिकलाई अपिल गर्दछु,’ उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post डेनमार्कले नेपाललाई १४ लाख अस्ट्रेजेनिका खाेप दिने
Next post नेपालमा आज ६९५१ निकाे, ४४७२ संक्रमित