नेपालमा आज ६५७० निकाे, ५१५३ संक्रमित

२५ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ६ हजार ५ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । यस्तै गत २४ घण्टामा देशभर ३ हजार ८ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा मंगलबार गरिएको १२ हजार ६५ पीसीआर परीक्षणमा ३ हजार ८ सय ७० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ५ हजार ६ सय ११ एन्टिजेन परीक्षणमा १ हजार २ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १ सय ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६९५१ निकाे, ४४७२ संक्रमित
Next post नेपालमा आज ५७६८ निकाे, ३४४९ संक्रमित