नेपालमा आज ३५५८ निकाे, २४२२ संक्रमित

९ असार २०७८,काठमाडौँ – नेपालमा २४ घण्टामा ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ५ लाख ६८ हजार ४४० पुगेको छ । २४ घण्टामा देशभर १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार विभिन्न जिल्लामा गरिएको ७ हजार ४ सय ६१ पीसीआर परीक्षणमा १ हजार ५ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ९ सय ५३ एन्टिजेन परीक्षणमा ९१० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २७ हजार ८ सय ५४ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । त्यस्तै २९ जनाको मृत्युको सूचना सोही अवधिमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको छ ।

हालसम्म ३२ लाख ९५ हजार ५ सय १४ पीसीआर विधिबाट परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या भने ५० हजार ५२० पुगेको छ । क्वारेन्टाइनमा ४ सय २५ जना रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४९५४ निकाे, ४५२२ संक्रमित
Next post नेपालमा आज २५१८ निकाे, २४७४ संक्रमितःमृत्यु भने ह्वात्तै घट्यो