नेपालमा आज ३८५३ निकाे, २४४४ संक्रमित

१४ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । यस्तै यता २४ घण्टामा देशभर १ हजार ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६४८ पीसीआर परीक्षणमा १ हजार ५०९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ९३५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ ।

यसैगरी मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३००७ निकाे, १९२९ संक्रमित
Next post नेपालमा आज ४३४८ निकाे, २६३६ संक्रमित