कोरोना कहरबीच धान दिवश कार्याक्रम

१५ असार २०७८/डिकेश लामा
कोरोना कहरका बीच १८ औं राष्ट्रिय धान दिवशको अवसरमा आज झापामा केही स्थानमा औपचारिक कार्याक्रम सम्पन्न भएका छन् । यस अघि असार १५ गतेलाई दहि चिउरा खाने र रोपाईमा हिलोमा पस्नै पर्ने भन्ने पुख्र्याैली चलनलाई मान्यता दिँदै गरिने उत्साहित कार्याक्रम व्यापक हुन नसके पनि औपचारिक कार्याक्रम गरेर निरन्तरता दिइएको छ । कृषि ज्ञान केन्द्र झापाको संयोजनमा झापाको कचनकवल गाऊँपालिकामा धान दिवश मनाइएको छ ।


“धान उत्पादनमा बृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने मुल नारालाई सार्थक बनाउन किसानलाई जोड दिइएको छ । कार्याक्रममा गणेश कृषक समूहको १० कठ्ठा क्षेत्रफलमा रोपाई समेत गरिएको छ । झापामा हालसम्म ३७ प्रतिशत धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले जानकारी दिनु भयो ।
कार्याक्रममा प्रमुख अतिथि रहनु भएका झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेशसभा सांसद बसन्तकुमार बाँनियाले स्थानीय तहले पनि यान्त्रिकरण र कृषकलाई अनुदानमा जोड दिएर बृहत खेती गरे आयात प्रतिस्थापनमा टेवा पुग्ने बताउनु भयो ।


यस्तै यता झापाको कमलमा पनि रमाइलो कृषक समूहले सामुहिक रोपाई तथा औपचारिक कार्याक्रम गरेको छ । कमल गाऊँपालिकाको सहयोगमा भएको कार्याक्रममा उत्पादन बृद्धि र किसानले भोग्नु परेका समस्याको विषयमा अन्तकृया समेत भएका छन् । कार्यक्रममा कमल गाउँपालिका वडा नं. १ का अध्यक्ष केदार कटुवालले स्थानीय सरकारले समेत कृषि प्रर्वधनमा विशेष जोड दिनु पर्ने बताउनु भयो ।

यस अघि वेठी बाजा बजाएर भव्य कार्यक्रम गर्दै आएको पालिकाले कोरोना संक्रमणका कारण औपचारिक कार्याक्रम गरेर स्वास्थ्य मापदण्ड पालना गर्दै निरन्तरता दिएको पालिकाका कृषि शाखाका कृषि प्राविधिक प्रेम पोखरेलले बताउनु भयो । स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाको उपस्थितिमा भएको कार्याक्रममा सामुहिकरुपमा दहि चिउरा खुवाउने कार्याक्रममा बर्षेनी हुने अरवौं रुपयाँको चामल आयतालाई प्रतिष्थापन गर्न सवै तहका सरकार र किसानहरु एकजुट भएर लाग्नु पर्ने कार्यक्रमका विशेष अतिथि कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४३४८ निकाे, २६३६ संक्रमित
Next post अझै डेढ महिनासम्म भारतबाट खोप नआउने