नेपालमा आज ३५६७ निको, २८९२ संक्रमित

१६ असार २०७८,काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ५ सय ९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । पछिल्लाे समय काेराेना संक्रमण घट्दै जाने अनुमान विपरित कोरोना भाइरस संक्रमित संख्या फेरि बढेको छ । २४ घण्टामा ११ हजार ५ सय ६८ जनाको पीसीआर  र एन्टीजेन परीक्षणमा २ हजार ८ सय ९२ जना संक्रमित भएका छन् । ७ हजार १ सय ८७ पीसीआर गर्दा १ हजार ८ सय ८९ र ४ हजार ३ सय ८१ एन्टीजेन परीक्षण गर्दा १ हजार ३ संक्रमित भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार संक्रमित दर २९ प्रतिशत पुगेको छ । ‘संक्रमित केही बढेको छ । जोखिम हटेको छैन,’ उहाँले भन्नुभयो, ‘जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनिवार्य रहेकाे छ ।

यसैगरी २४ घण्टामा ४१ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । प्रवक्ता डा. पौडेलका अनुसार केही स्थानमा छुटेका विवरण जोडेकाले मृत्युको संख्या बढेका देखिएको हो । नेपालमा हाल ३३५६१ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अझै डेढ महिनासम्म भारतबाट खोप नआउने
Next post ३ दिन पानी पर्ने हुँदा सतर्क रहन अनुराेध