१ साउन २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २९३६ संक्रमित थपिएका छन् । जुन संख्या हिजाेकाे भन्दा धेरै हाे । पछिल्लाे समय नेपालमा संक्रमण हुनेहरूकाे संख्या बढ्न थालकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८३ मध्ये ९६१३ जनाको पीसीआर र ४५६९ जनाको एन्टीजेन परीक्षण गरिएको २ हजार ९ सय ३६ संक्रमण देखा परेकाे हाे ।

यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएसँगै हालसम्म निको हुनेहरुको संख्या ६ लाख २६ हजार २ सय ४३ पुगेको छ । निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *