सडक नबन्दा बर्षौं देखि सास्तीःदमक रविचिसापानी सडक निर्माणमा ढिलाइ (भिडियाे रिर्पाेट सहित)
सडक नबन्दा जनप्रतिनिधिले गुमाए ज्यान
१७ साउन २०७८/डिकेश लामा
समयमा सडक नबन्दा दमक रवि चिसापानी सडकमा झण्डै ३ दशक देखि भोग्नु परेको समस्या अन्त्य हुन सकेको छैन । ७ महिना अघि सडकको पहिलो ठेक्काको निर्माण सक्नु पर्ने ६ दशमलव २ किलो मिटर सडकको काम समेत आधा पनि नबन्दा बर्षातमा थप जोखिम बढेको छ । बर्षात लागेसँगै दमकदेखि रवि चिसापानी सडकको रतुवा खोला चुरे क्षेत्रको १० किलो मिटर सडकमा गाडी चल्न नसक्ने अवस्थामा पुगेको छ । गाडी चल्न नसकेपछि कतिपय पहाडबाट तराई झर्ने यात्रुहरु लामो दुरी पैदल नै हिडेर आउने गरेका छन् ।
दुई साता अघि इलामको माङसेबुङ गाउँपालिका वडा नंंं ४ का ३६ बर्षीय वडा सदस्य धनबहादुर राईको सडक अप्ठ्यारो भएकै कारण मोटर साइकलबाट लडेर मृत्यु भयो । ७ महिना अघि नै कालो पत्रे भईसक्नु पर्ने पहिलो खण्डको सडकको रतुवा पुल नजिकै सेते भीरमा बाइकबाट लडेर मृत्यु भएको चुलाचुली वडा नं. ५ बस्ने धनबहादुर राईले बताउनु भयो । रवि चिसाापनी सडक समयमा नबन्दा मानिसले अकालमा ज्यान समेत गुमाउनु पर्ने अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन् ।्र
झापाको दमक देखि पाँचथरको रविसम्मको ४४ किलोमिटर सडक मध्ये पहलिो चरणमा ६.२ किलो मिटर बाटो कालो पत्रेका लागि २० करोड रुपँयामामा ठेक्का लागेको थियो । ७ महिना अघि नै सक्नु पर्ने सडक नबने पछि पुन म्याद थप्दा समेत सडक निर्माण हुन सकेन । हालसम्म सो ठेक्काको कामको ४५ प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी अनुप साउदेनले बताउनु भयो । कोरोना कहरका कारण निर्माणमा केही सुस्त भएको भए पनि पहिलो सडक खण्ड भने निर्माणमा ढिलै भएको साउदेनले बताउनु भयो । आफूहरुले काममा ढिलाइ गर्नेलाई कार्वाही गर्ने तयारी गरे पनि माथिल्लो निकायले म्याद थप गर्नाले सडक निर्माणमा ढिलाई हुने गरेको बताउनु भयो ।
यस बाहेक अन्य दुई खण्डमा बाँकी चिसापानीसम्मको ठेक्का लागीसकेको छ । गत बर्ष देखि काम सुचारु गरिएको भए पनि बर्षातका कारण अझै चुरे क्षेत्रका १० किलो मिटर सडकको निर्माण प्रगति सन्तोषजनक नभएको सडक खण्डका बासिन्दाले बताएका छन् ।
सडक विग्रिएर जोखिम बढे पछि कतिपय मानिसहरु १ दिनको बाटो समेत पैदल हिड्न थालेका छन् । समयमा सडक नबकेको कारण यातायत संचालनमा समस्या भएको सो सडक भएर हिड्ने यात्रुहरुले बताएका छन् । झापाको दमक देखि पाँचथरको रविसम्मको ४४ किलो मिटर रविचिसा पानी सडक विक्रम सम्बत् २०५० साल देखि निर्माण थालिएको हो । ठेक्का अवधि सकिदाँ समेत आधा पनि काम नगर्ने महालक्ष्मी किरातेश्वर जेभीलाई कार्वाही गरी सडक निर्माणको काम पुनः शुरु गर्नु पर्ने स्थानीयले माग गर्दै आएका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।