१ करोड ५० लाख डोज खोप खरिद प्रकृया थालियाे

१९ श्रावण २०७८,काठमाडौँ – सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने तयारी थालेकाे छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दिनु भएकाे जानकारी अनुसार मोडर्ना र फाइजर ४०/४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता भएको छ ।  यी खोप माघभित्र आइसक्ने मन्त्री श्रेष्ठले बताउनु भयाे । साेमबार पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले भन्नु भयाे, ‘मैले जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोरकिशोरीसमेतलाई लक्षित गरी मोडर्ना, जोन्सन एन्ड जोन्सन, फाइजर र अस्ट्राजेनेकाको गरी १ करोड ५० लाख डोज खरिद गर्न सम्झौता भएको छ ।’ खोप खरिदका लागि सरकार र एसियाली विकास बैंकबीच १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृतिको चरणमा रहेको उहाँले बताउन भयाे ।

 

सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनेकाको खोप लगाउने योजना बनाएको छ । प्राप्त भएको तीन दिनभित्र ज्येष्ठ नागरिकलाई लगाइने छ । कोभिड नियन्त्रण र स्वास्थ्यको समस्या समाधानका लागि उनले कार्ययोजना समेत अघि सारेका छन् । कार्ययोजनामा खोपको प्रभावकारी रूपमा वितरण गर्ने, सहरको खोप केन्द्र थप गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जोखिम क्षेत्रको विवरण संकलनः विपतमा पर्ने परिवारलाई ४५ सय नगद दिइने
Next post फेरी आउने भए कुलमान घिसिङ प्राधिकरणमा