नेपालमा आज ३२१८ संक्रमित,१७२२ निकाेः१९ जनाकाे मृत्यु

२३ श्रावण २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८६६ पीसीआर परीक्षणमा शनिबार थप २ हजार २३१ जनामा संक्रमण र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७ सय ७ परीक्षणबाट ९ सय ८७ जनामा पोजिटिभ देखिएको छ । यस्तै प्रदेश नम्बर एकमा ७ सय ६५ जना काेराेना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेकाे छ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ३८ पुगेको छ । हालसम्म ३६ लाख ७४ हजार ७०१ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४३२ रहेको छ भने ४४३ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जडिबुटी र फलफुलमा जोडः झापामा यो बर्ष एक लाख बढी विरुवा उत्पादन (भिडियो कथा सहित)
Next post नेपालमा आज २५४८ जना संक्रमित, २०२९ निकाेः ५५ जनाकाे मृत्यु