
लायन्स क्लव अफ झापा दमक गठनसँगै चार्टर भएकाे घाेषणा



क्लवको सदस्यहरुमा डिल्लिाराम ओली, विष्णु शाह, डेविट विष्ट, पुजा अग्रवाल, शिला चौधरी, वविता तिम्सिना, भीमादेबी खरेल, अनु तिम्सिना विष्ट, शम्भु चौधरी, विक्रम अधिकारी, प्रीति अग्रवाल, शुनिल शाह, मन्जु गुप्ता, ममता देबि चौधरी, सुर्य बहादुर बस्नेत र राजेश शाह रहेका छन् । क्लव खुलेर सक्रिय भएको डेढ महिनाभन्दा बढि भएपनि शनिवार औपचारिक चार्टर भएको हो । क्लवले यो अवधिमा दुई दर्जन हाराहारीमा ठुला तथा साना सामाजिक कार्यहरु गरेको क्लवका अध्यक्ष अशोक चौधरीले बताउनु भयाे । क्लव खुलेको छोटो समयमा नै राम्रा कार्यहरु गरेको र क्लवमा पुराना लायन्सहरुको नै अग्रभागमा नेतृत्व रहेको भन्दै गर्भनर कार्कीले सफलताको शुभकामना समेत दिनु भएकाे छ । सो अवसरमा ईम्प्याक्ट चिफ ज्ञाननाथ पौड्याल, रिजन चियर पर्सन दिवस राई लगायतले पनि क्लवलाई शुभकामना दिएका छन् ।