नेपालमा आज १७५६ संक्रमित, २२७४ निकाेः २३ जनाकाे मृत्यु

१८ भदाै २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७ सय ७३ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ५ सय ६१ परीक्षणबाट ३ सय ९९ जनामा पोजिटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६७ हजार २ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख २३ हजार ४ सय ५६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ पुगेको छ । हालसम्म देशभर ३९ लाख ४६ हजार १८९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २७१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ३३ हजार ६ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कसरी हुन्छ दिउँसै कन्काइकाे बाढीबाट काठ तस्करी? (लाइभ भिडियाे सहित)
Next post नेपाल आज १२६८ संक्रमित, २११५ निकाेः ९ जनाकाे मृत्यु