प्रदेश नम्बर एकमा पहिलाे पटक मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माण शुरु

सडक बन्द थाले पछि स्थानीय हर्षित

१९ भदौ २०७८/डिकेश लामा

पूर्व पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा निर्माणधीन मदन भण्डारी राजमार्गको पूर्वी खण्ड निर्माणको कार्य शुरु भएको छ । झापाको मेचिनगर नगरपालिका वडा नं. १ मेचीडाँगी देखि बुद्धशान्ति गाउँपालिका वडा नं. ५ सम्मको १० किलो मिटर सडक पहिलो चरणमा निर्माण थालिएको हो । झापाको मेचीनगर नगरपालिका देखि शान्तिनगरसम्मको मदन भण्डारी राजमार्ग भ्याट सहित ३३ करोड बजेटमा निर्माण कार्य शुरु भएको छ । प्रदेश नम्बर एकको १ सय २५ किलो मिटर क्षेत्र अन्तर्गत पहिलो चरणमा १० किलो मिटर पूर्वी खण्डको निर्माण कार्य शुरु भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सवइन्जिनियर अमृत यादबले बताउनु भयो । पूर्वी खण्डबाट निर्माण थालिएको मदन भण्डारी सडक तराई र पहाड जोडिने चुरे क्षेत्रको फेदिबाट निर्माण थालिएको छ ।

मोतीदान निर्माण कम्पनिले ठेक्का लिएको सकड ७ मिटर आसफाल्ट कालो पत्रे र २ मिटर साइड सोल्जर निर्माण हुने छ । सडक निर्माणले विकासको दृष्टिले पिछाडिएको चुरे क्षेत्रको विकास हुने भन्दै स्थानीय बासिन्दा खुशी बनेका छन् ।
सडक ठेक्का लागेसँगै सडकमा निर्माण क्षेत्रलाई खाली गर्न र स्थानीय तहमा आउन सक्ने समस्यालाई व्यवस्थापन गर्न जनप्रतिनिधिहरु समेत खट्न थालेका छन् । सडकलाई सहज निर्माण गर्न आफूहरुले सक्दो प्रयास गरेको सडक निर्माण क्षेत्र मेचीनगर नगरपालिका वडा नं. ३ का अध्यक्ष हर्क बस्नेतले बताउनु भयो । पूर्व देखि पश्चिम जोडिने वैकल्पिक सडकको रुपमा हेरिएको मदन भण्डारी राजमार्गको प्रदेश नम्बर एक क्षेत्रको पूर्वी खण्डबाट पहिलो चरणमा १० किलो मिटर सडकमा काम थालिएको छ । यस बाहेक धरानको चतरा देखि दमक वडा नं. २ को रतुवा खोलासम्मको थप ५३ किलो मिटर सडक समेत ठेक्का लागिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज १२६८ संक्रमित, २११५ निकाेः ९ जनाकाे मृत्यु
Next post स्थानीय सरकारका सवाल खाेज्न पत्रकारलाई प्रशिक्षण