
खाेज पत्रकारिताकाे प्रशिक्षण सम्पन्न
२० भदाै २०७८, झापा– स्थानीय सरकारका सवालहरु खाेज्न र लेख्न झापाका ३० जना पत्रकारलाई दुई दिने प्रशिक्षण कार्यक्रम गरिएकाे छ । हिजाे देखि शुरू भएकाे प्रशिक्षण नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा भएकाे हाे । तालिमले खाेज पत्रकारितामा स्थानीय विषयबस्तुलाइ कसरी प्रभावकारी ढंगबाट उठान गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएकाे प्रशिक्षक हरिबहादुर थापाले बताउनु भयाे । थापाका अनुसार जिल्लामा रहेका हरेक स्थानीय सरकारसँग जाेडिएका विषय बस्तुकाे गहन अध्ययन गर्ने हाे भने केही न केही महत्वपूर्ण विषयहरू पाउन सकिने भएकाले पत्रकारले शुष्म ढंगल अध्ययन गरी सत्य तथ्य खाेजमुलक समाचार लेख्नु पर्नेमा जाेड दिनु भयाे ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरकाे सभापतित्वमा भएकाे भएकाे कार्यक्रममा सहभागी पत्रकार मध्ये खाेजमुलक समाचार लेख्ने कम्तीमा ७ जनासम्मलाइ लेखनबृति दिइने याेजना बनाउने गरी पत्रकारलाइ सवै सक्रीय भएर लाग्न शेयरकाष्ठ नेपालका प्रतिनिधि भूमि चामागाँइले बताउनु भयाे । समापन कार्यक्रममा सहभागीका तर्फबाट शान्ती सुब्बा र पुष्प खड्काले तालिमले स्थानीय विषय खाेज्न उर्जा दिइएकाे बताएका छन् । समापन कार्यक्रममा अध्यक्ष गिरीले शेयरकाष्टका प्रतिनिधि तथा प्रशिक्षकलाइ मायाकाे चिनाे प्रदान गर्नु भएकाे छ । महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको समापन समारोहको सञ्चालन सचिव डिकेश लामाले गर्नु भएकाे छ ।
More Stories
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...