दमक क्षेत्रका विधालयमा मनोविज्ञान प्रणाली कार्यान्वयनमा जोड


२३ भदौ २०७८/डिकेश लामा

अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा झापाको दमक नगरपालिकाले विधालयको मनोविज्ञान बुझ्न एक दिने अन्तकृया कार्याक्रम गरेको छ । विधालयको मनोविज्ञान भित्र विधार्थी, शिक्षक, अभिभावक र उनीहरुको व्यवहारको विस्तृत अध्ययन गरी विधालय सुधार गर्न प्रेरित गर्न नगरका शिक्षकको भेलामा विधालय मनोविज्ञान अन्र्तकृया गरिएको हो ।

एउटा विधार्थीलाई सफल शिक्षा दिन अभिभावकको ८० प्रतिशत भूमिका हुने र त्यस तर्फ शिक्षक तथा अभिभावकको ध्यान नभएकाले सफल शिक्षा प्रणाली स्थापनामा समस्या आएको कार्यक्रमका सहजकर्ता अन्तराष्ट्रिय स्तरका विधालय सम्बन्धीका मनोविद् डा. सुनिल कडेलले बताउनु भयो । कडेलका अनुसार मनोविज्ञान बुझेर शिक्षक र अभिभावकले शिक्षा दिने कुरामा ख्याल गर्नु पर्नेमा सवैले सही भूमिका उचित समयमा गर्नु पर्ने बताउनु भयो ।

विधालय र विधार्थीको अध्ययन स्तर बृद्धिका लागि सामुदायिक तथा संस्थागत विधालयका शिक्षकहरुबीच नगरमा पहिलो पटक अन्र्तकृया गरिएको कार्यक्रमकी अध्यक्ष दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताउनु भयो । अव यस प्रकारको कार्याक्रम अभिभावक र अन्य सरोकारवालासँग समेत गरी मनोविज्ञामा आधारित प्रणालीको प्रयोगलाई नगरमा कार्यान्वयन गर्ने प्रयासमा नगर लागेको उहाँले बताउनु भयो ।

अन्र्तकृया कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले विधालय मनोविज्ञान प्रणालीको आधारमा केही विधालयमा अध्यापनको तयारी थालेको बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संखुवासभा हत्याकाे समय अन्याेलः अनुसन्धानका लागि सिआइबी टाेली पुग्याे घटना स्थलमा
Next post नेपालमा काेराेना संक्रमण र मृत्यु दर केही दिन यता कम हुँदै