मानसिक रूपमा अस्वस्थ्य भतिजाे पर्नेले ६ जनाकाे सामुहिक हत्या गरेकाे खुलासा

२६ भदौ २०७८, संखुवासभा– मानसिकरूपमा अस्वस्थ्य भएर १ बर्ष अघि देखि दवाइ खाँदै अाएका नातामा भतिजाे पर्ने लाेकबहादुर कार्कीले तेजबहादुर सहित ६ जनाकाे हत्या गरेकाे खुलासा भएकाे छ । संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ बर्षीय लाेकबहादुरले हत्या गरेकाे प्रहरी अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएकाे जानकारी अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको बताएका छन् । तेजबहादुरलाई हत्या गर्नुपछाडि पनि बलियो कारण प्रहरीले खुलाउन सकेको छैन । तर लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको प्रहरी जानकारी दिएकाे छ । पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएकाे थियाे । घटनाबारे विस्तृत जानकारी भाेली पत्रकार सम्मेलन मार्फत दिइने बताइएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post संखुवासभा मादी हत्यामा संलग्न भएकाे आशंकामा एक जना पक्राउ
Next post नेपाल संक्रमण संख्या घट्दाेः आज ९९४ संक्रमित