नेपालमा आज ८३८ संक्रमित,१४२३ निकाेः १३ जनाकाे मृत्यु

२७ भदाै २०७८,काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ७८ आरटीपीसीआर परीक्षण गरिएकोमा ८ सय ३८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै ३ हजार १ सय ४० वटा एन्टीजेन परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय २३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म १० हजार ९ सय ४९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।  यसैगरी आइतबारसम्म २६ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै ४ सय ५४ जना सघन उपचार कक्षमा उपचाररत रहेका छन् ।१४० जना भेन्टिलटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै २५ हजार १ सय ७१ जना होम आइसोलेशनमा र १ हजार ५ सय ८६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । पछिल्लाे समय ३ सय २१ जना मात्र क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । केही दिन यता संक्रमितकाे संख्या भन्दा निकाे हुनेकाे धेरै हुन थालेकाे तथ्याङकले देखाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढीले दर्जन बढी बस्ती जोखिममाः केही परिवार विस्थापित (भिडियाे सहित)
Next post एउटै चिरपटले हानेर ६ जनाकाे हत्या गरेकाे खुलसाः घटनाकाे वृतान्त दर्दानक पीडा (भिडियाे सहित)