भूटानी शरणाार्थी शिविरमा कोभिडमा खट्ने सेवकलाई सम्मान (फाेटाे फिचर)

२ अशोज २०७८/सारासन्देश समाचार
दोस्रो लहरको कोरोना भाइरसले समस्याग्रस्त बनेको समय भूटानी शरणार्थी शिविरमा खट्नेहरुलाई आज एक औपचारिक कार्याक्रमबीच सम्मान गरिएको छ । पारिवारिक विखण्डन र अन्य कारणले एक्लिएका भूटानी शरणार्थीलाई कोरोना पोजिटिभ हुँदा खानासँगै औषधी गरेर निको पारिएको छ ।
यस्तै कोरोनाको कारण मृत्यु भएकालाई कसैले छुन नमानिरहेको अवस्थामा दाहसंस्कारमा खटिने भूटानी शरणार्थी शिविरका यूवा तथा स्थानीय हिमालय माविका स्काउट टीम सहित ढेड दर्जन हाराहारी सेवकलाई कार्याक्रमका प्रमुख अतिथि रहनु भएका नेपाल पत्रकार महासंघ झापाका सचीव डिकेश लामाले सम्मान गर्नु भएको छ । पूर्व शिविर सचीव चिरञ्जीवि राईको नेतृत्वमा खटिएको टिमले ९८ जना कोरोना पोजिटिमलाई सेवा दिएको छ । विभिन्न सामाजिक अगुवाहरुको उपस्थितिमा भएको कार्याक्रममा कोरोना संक्रमितको उपचारमा भन्दा पनि मृत्यु भएकाहरको दाहसंस्कारमा निक्कै समस्या भएको कोभिडको लडाईं खट्ने सेवकहरुले बताएका छन् । कार्यक्रममा काेभिड संक्रमणकाे समयमा विरामीलाइ खाना, अाैषधी खुवाउँदाकाे अायव्यवसहित सहयाेगी दाताकाे नाम समेत खाना खुवाउने कार्यका संयाेजक पूर्व सचीव राइले सार्वजनिक गर्नु भयाे ।


कार्यक्रममा पत्रकार महासंघका झापा जिल्ला सचीव लामाले भूटानी शरणार्थी शिविरमा संकटको वेला खट्ने भूटानी र स्थानीय समूदायका स्काउट टीमलाई प्राणदाता भगवानको संज्ञा दिनु भएको थियो । उहाँले लामो समय शरणार्थी शिविरको विषयमा पत्रकारिता गरेकाले शिविर भित्र स्वास्थ्य मापदण्ड पालनामा सवैले जोड दिनु पर्ने समेत बताउनु भयो । सामाजिक अगुवाहरुले नै माक्सको प्रयोग नगर्ने हो भने सर्वसाधारणले त्यसै गर्ने भन्दै तेस्रो लहर आउन सक्ने खतरालाई औंलाउँदै वेलैमा सवै सचेत हुनु पर्ने बताउनु भयो ।


तेस्रो लहर आउन सक्ने भन्दै भोलिका दिनमा समस्या पर्नेलाई सहयोग गर्न समाजका लागि छिमेकी नामक समूह थिरू घिमिरेकाे संयाेजकत्वमा आजै गठन गरिएको छ ।  शरणार्थी शिविरमा परिक्षण गरिएका मध्ये दोस्रो लहरमा ९८ जना पोजिटिभ आएको र ४ जनाको मृत्यु भएको कोभिड व्यवस्थापनमा कार्य गर्दै आएको भूटानी शरणार्थी महिला मञ्चले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा थप ४४ लाख भेराेसेल खाेप ल्याइयाे
Next post नेपालमा आज १०६६ संक्रमित, १२३४ निकाेः १६ जनाकाे मृत्यु